आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले माफी मागेका छन् । अष्ट्रेलियाको ब्रिस्बेनमा आयोजीत एक कार्यक्रममा लोकप्रिय लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ गाउँदा हुबहु नगाएको भन्दै आलोचना भएपछि उनले माफी मागेका हुन् । उनले गीत गाउँदा अधिकांश शब्द भुलेपछि उक्त गीतका संगीतकार बसन्त थापाले उनको आलोचना गरेका थिए ।

सोमबार रविले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘अहिले जनजनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिएँ कि यदी त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु ।’ यस्तै उनले हामी एक संगीतको बिद्यार्थी भएको र सिक्ने अवसर दिनेमा आशावादी रहेको पनि लेखेका छन् । गीतलाई ंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !’

रविले आफू शिकारु भएको र अझै सिक्नेक्रममा छु भन्दै बसन्त थापालाई मोबाइलमा म्यासेस गरेका छन् । अहिले उक्त म्यासेजको स्क्रिनसट भाइरल भइरहेको छ । ‘म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईंबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमी कहिले भुल्दिन र भुल्ने छैन ।’ रविले म्यासेजमा लेखेका छन् ।