साउथ मात्र नभएर अब कोरियन फिल्म रिमेकमा सलमान

मुम्बई , एजेन्सी ।

बलिउडका सुपरस्टार सलमान खान अब कोरियन चलचित्रको रिमेक तर्फ काम गर्न हम्मिएका छन् । उनले साउथ चलचित्रको रिमेकमा काम गर्दा बिभिन्न आरोप खप्नु परेको छ । तर उनी पछि परेका छैनन् निरन्तर आफ्नो काममा लागिरहेका छन् । अब, नायक सलमान खान दक्षिण कोरियाको सफल चलचित्र ‘भेट्रान’को बलिउड रिमेकमा काम गर्न लागेका छन् । कोरियन चलचित्र ‘भेट्रान’ हाल सम्मकै सर्वाधिक व्यापार गर्ने चलचित्रको चौथो स्थानमा पर्छ ।

‘हाल ‘भारत’को सुटिङमा व्यस्त खानले भारतको सुटिङ सकेपछि ‘भेट्रान’को बलिउड रिमेकमा चलचित्रमा अभिनय गर्ने बताएका छन् । अपराधको विषयलाई उठान गरिएको यस कोरियन चलचित्रमा अभिनेता ह्याङ जुङ मिन मुख्य भुमिकामा थिए। जुङ एक प्रहरीको भूमिकामा प्रस्तुत भएका थिए । अब यस चलचित्र बलिउड भर्जनमा निर्माण हुदाँ सलमानले उक्त भूमिका निर्वाह गर्नेछन् । चलचित्रका लागि निर्माण युनिट र सलमान बिच सम्झौता भइसकेको छ । तर चलचित्रको औपचारिक घोषणा हुन भने बाँकी छ ।