‘जोगी’लाई उत्कृष्ट डकुमेन्ट्रि अवार्ड

आर्टिष्ट खबर/फागुन,काठमाडौं

परापूर्व समय देखि देशका बिभिन्न क्षेत्रमा लगाइने ‘फेरी’ प्रथालाई आधार बनाएर निर्माण गरिएको बृत्तचित्र ‘जोगी’ले गत आइतबार भएको सोसल मिडिया फिल्म अवार्डमा उत्कृष्ट डकुमेन्ट्रिको अवार्ड हात पारेको छ । दयाराम घिमिरेद्धारा निर्देशित यो डकुमेन्ट्रिमा सयौं बर्ष देखिको फेरी प्रथालाई निरन्तरता दिने दुइ जोगीले घर बाट निस्के देखि कसरी फेरी लगाउछन् किन लगाउछन् र फेरी बारे मानिसहरु कस्तो धारणा राख्छन् भन्ने देखाउन खोजिएको छ ।

धरानको बिजयपुर र संखुवासभाको चैनपुरमा छायांकन गरिएको जोगि डकुमेन्ट्रिमा ओमलाल जोगी र गिरिलाल जोगि लाइ फिचर गरिएको छ । हरी उप्रेती र निर्देशक घिमिरे ले संयुक्त रुपमा यो डकुमेन्ट्रि निर्माण गरेका हुन् भने छायांकन रोनिस राउतले गरेका हुन् । सम्पादन निर्देशक घिमिरे आफैले गरेका हुन् ।

बिस्तारै हराउदै आएको यो परापूर्व कालदेखिको कल्चरलाइ बिश्वसामु चिनाउने उदेश्यले डकुमेन्ट्रि निर्माण गरिएको निर्देशक घिमिरे बताउछन् । फेरी प्रथामा राति हरेक घर घुमेर फेरी लगाउने र बिहान सिधा लिने परम्परा छ । यसो गर्नाले घरमा शान्ति छाउने, अशुभ घटना नहुने तथा भुतप्रेत भाग्ने जनबिश्वास कायमै छ ।