भ्यालेन्टाइनमा सेड्रिनाको बयान गर्दै कृशल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल सिजन २’ को उत्कृष्ट आठ सम्म पुगेर चर्चामा आएका कृशल कंडेलको आज प्रणय दिवसको दिन नयाँ गीतको टिजर सार्वजनिक हुँदैछ । उनकै स्वरमा रहेको ‘ओडेर घुनघाट’बोलको गीतको भिडियोमा उनीसँगै बालकलाकार सेड्रिना शर्माको अभिनय रहेको छ ।

निर्पेश उप्रेतीको शब्द रहेको उक्त गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीत गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । अर्जुन तिवारीले खिचेको गीतको भिडियो दीपक आचार्यले निर्देशन गरेका हुन् । गीतको भिडियो आजै सार्वजनिक गर्ने तयारी गरेको तर केहि टेक्निकल समस्याका कारण केहि दिन पछि गर्नुपरेको निर्देशक आचार्यको भनाई छ । ‘हामी आजै भिडियो नै सार्वजनिक गर्ने तयारीमा थियौं तर आज टिजर मात्र आउनेछ, केहिदिनमा एक कार्यक्रम नै गरेर भिडियो सार्वजनिक गर्नेछौं’ आचार्यले भने । उनका अनुसार कृशलले भिडियोमा सेड्रिनाको सुन्दरताको बयान गरेका छन् । एक सुन्दरीको भूमिकामा रहेकी सेड्रिना र कृशलको यो पहिलो भिडियो हो । भिडियो छायांकन काठमाडौंमै गरिएको हो ।