हलमा आयो स्वस्तिमाको बुलबुल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आज फागुन ३ गते शुक्रबार बाट नायिका स्वस्तिमा खड्मा मुख्य भूमिकामा रहेको चलचित्र ‘बुलबुल’ प्रदर्शनमा आएको छ । चलचित्र युनिटले चलचित्रमा स्वस्तिमा ट्याक्सी चालिकाको भूमिकामा छिन् भन्दै लामो समयदेखी प्रमोशन गर्दै आएको थियो । अन्ततः दर्शकले अहिलेसम्मकै फरक स्वादमा चलचित्र हेर्ने मौका आएको चलचित्रका निर्देशक विनोद पौडेलले जानकारी दिएका छन् । उनले चलचित्रमो प्रमोशनको बेला स्वस्तिमा ट्याक्सी चालिकाको भूमिकामा छिन् भनेपनि चलचित्र पुर्णतया ट्याक्सी चालिकाको कथामा नरहेको बताए । उनले स्वस्तिमा चलचित्रमा रनकला पात्रमा देखिएको र चलचित्र रनकलाकै कथामा घुमेको बताए ।

‘चलचित्रमा रनकला ट्याक्सी चालिका छिन्, यसो भनिरहँदा ट्याक्सी चालिककै कथामा बनेको चलचित्र भन्न मिल्दैन’ निर्देशक विनोदले भने ‘हामी चलचित्र निकै बबालै राम्रो बनाएका छौं भनेर अहिलेनै आफ्नै कामको तारिफ गरेर हिडेका छैनौं, दर्शकले एकपटक चलचित्र हलमा आएर हेरिसकेपछि पक्कै पनि माउथ पब्लिसिटीले काम गर्छ भन्नेमा पुर्ण विश्वास छ ।’

नायिका स्वस्तिमाले बुलबुल आफ्नो अहिलेसम्मकै फरक चलचित्र भएको बताइन् । उनले दर्शकले आफूलाई चलचित्र अहिलेसम्मकै फरक भूमिकामा देख्दा मन पराउने अपेक्षा राखिन् । साथै चलचित्रको सफलताले आफ्नो करिअरमा केहि फड्को पक्कै मार्ने बताउँछिन् । ‘चलचित्र सुपर हिट भयो भने अथवा फ्ल्प भयो भने करिअरमा निकै ठुलो तरंग आउँछ त भन्दिन तर केहि फड्को भने पक्कै मार्छ’ उनले भनिन् । साथै अभिनेता मुकुन भुसालले चलचित्रको कथा दर्शकलाई मनपर्नेमा ढुक्क रहेको बताए ।

चलचित्रमा स्वस्तिमा र मुकुन सँगै उज्जवल अधिकारी, वुद्दि तामाङ, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको चलचित्रका निर्माता अविरल थापा हुन् । चलचित्र पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर निर्माण गरेका हुन् ।

विनोद पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ । चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । यो चलचित्रसँगै अर्को नेपाली चलचित्र ‘जोकर’ पनि प्रदर्शनमा आएको छ । महादेव त्रिपाठीको मुख्य भूमिका रहेको जोकर पुर्ण मनोरञ्जनात्मक चलचित्र हो ।