सलमानको ‘भारत’को लागि १० करोडको सेट

मुम्बई , एजेन्सी ।

बर्षकै प्रतिलक्षित बलिउड चलचित्र ‘भारत’को लागि १० करोडको सेट तयार पारिएको छ । सुपरस्टार सलमान खानको ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको हो । 'इद'को छेको पारेर प्रर्दशनमा आउन लागेको यस चलचित्रको धमाकेदार टिजर सार्वजनिक भइसकेको छ । जसमा सलमानको पाँच थरी अवतार देख्न सकिन्छ । पाँच थरी अवतार तयार पार्नुपर्ने र चलचित्रको क्लाईमेक्सको सुटिङको लागि मुम्बईस्थित 'फिल्म सिटी'मा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जनाएको छ । हाल भारतको फाइनल सेड्यूल मुम्बई स्थित 'फिल्म सिटी'मा चलिरहेको छ ।

अली अब्बास जफरले निर्देशन गरेको ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा रहेका छन्। बिभिन्न भाषामा डब गरिने यस चलचित्रको निर्माण टिम इन्टरनेशनल मार्केटमा पनि सलमान खानको अहिलेसम्मकै सबैभन्दा ठूलो चलचित्र बनाउने तयारीमा छन्। चलचित्र भारत कोरियन चलचित्र ‘ओड टु माइ फादर’को हिन्दी रिमेक हो ।