दिपाश्रीले आँखाभरी आँसु लिँदै भन्नुभो – “हामि सक्दो सहयोग गर्छौ”

...

बैशाख, काठमाडौं ।  गएको शनिबार आएको महाभुकम्पले आम नेपालीमा ठुलो बिपत्ति ल्यायो । हजारौंको ज्यान गयो, कैयौं घाईते भएका छन् । यसैबिच भुकम्प पिडितलाई बिभिन्न देश बिदेशका संस्था बाट राहत जुटिरहेका छन् । यस्तै कलाकारहरु पनि यतिखेर राहत बितरण कार्यमा संलग्न देखिनुभएको छ ।

deepa shree Niraula

कलाकार दिपा श्री निरौला शनिबार साङ्ला गाविस क्षेत्र नम्बर ६ मा पुग्दा पुरै गाउँनै भुकम्पले लगेको थियो । माटोले बनेका घर, गोठमा रहेका गाईबस्तु केहि बाँकी थिएनन् । परिवारका सदस्य मात्र बाँकी रहेका साङ्ला गाविसका बासिन्दालाई देख्दा कलाकार निरौलाका आँखा रसाएका थिए । करिब पचास घर रहेको सानो बस्तिमा भुकम्पले सात जनाको ज्यान लगेको थियो यसै क्रममा कलाकार दिपा श्री निरौला र अनुरागमान सिंह कुवरसँगको टोली केहि राहत बितरणका लागि त्यहाँ पुग्नु भयो । केही चामलका बोरा, आलु, बिष्कुट, सोयाबिन, दाल, तेल, नुन, साबुन सहित पुगेको टोली देख्दा गाउँका बासिन्दा थोरै भएपनि राहतको महसुस गर्न पाए । देश बिदेशबाट ठुलो रकमको राहत सहयोग आईरहदा आफुँहरुले नपाउँदा गाउँलेहरु सरकारसँग आक्रोस पोख्दै थिए ।

deepa shree 2

एउटा पाल पनि नभएर रातको समयमा रुझेरै बस्नुपरेको पिणा सुन्दा कलाकार दिपाश्री आँखा भरी आँसु लिँदै भन्नुभयो, हामि राहत लिएर फेरी पनि आउँनेछौं, हामिले सक्दो सहयोग गर्नेछौं । यस भन्दा पहिला पनि केहि राहत लिएर पुग्नुभएका अनुरागले पनि आफुले आफ्नो तबरबाट सक्दो सहयोग गर्ने बताउनुभयो । deepa shree Niraula

deepa shree Niraula

deepa shree Niraula

deepa shree Niraula

 

 photo by mazzako online