‘कपिल शर्मा शो’मा फर्किदै सुनिल ग्रोभर

मुम्बई (एजेन्सी) ।

भारतका दुई चर्चित कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरबीच केही समयअघि भएको झगडालाई लिएर भारतिय मिडियाले मसालेदार हेडलाईन बनाउने गथ्र्यो । केही महिना अघि सुनिल र कपिल बीच विदेश भ्रमणका क्रममा झगडा भएको थियो । झगडा भएपछि सुनिलले कपिल शर्माको शो छोडेका थिए । कपिलले सुनिललाई आफ्नो बिवाहको निमन्त्रणा पठाएका थिए । तर सुनिलले कपिलको बिवाहमा उपस्थित जनाएनन् ।त्यसपछि एकअर्काको साथमा नदेखिएका कपिल र सुनिल लामो समयपछि एकसाथ ‘द कपिल शर्मा शो’ मा देखिने भएका छन् ।

तर यसपटक भने सुनिल गुत्थी वा डाक्टर मशहुर गुलाटीको रुपमा नभएर उनी पाहुना भएर आउने भएका छन् । उनी बलिउड चलचित्र ‘भारत’ को प्रमोशन गर्नका लागि सलमान खान र कट्रिनाको साथमा ‘कपिल शर्मा शो’मा आउनेछन् आफुले कमेडी गरेर पाहुना हसाउने गरेका सुनील ग्रोवर आफै पाहुनाका रुपमा शोमा आउँदा कपिल शर्माले कस्तो प्रतिक्रिया दिनेछन्, त्यो हेर्न दर्शकका लागि निकै रोचक हुनेछ ।