डीक्रा बादीको देउडाले काठमाडौं गुञ्जियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोक गायिका डीक्रा बादीले काठमाडौंमा एकल डेउडा प्रस्तुत गरेकी छिन् । सुदुरपश्चिममा आफ्नो गायन शैलीबाट प्रभावित बनाउन सफल रहेकी डीक्राले राष्ट्रिय नाँचघरमा आयोजित कार्यक्रममा डेउडासँगै दोहोरी र ठाडी भाकाका गीत प्रस्तुत गर्दा उपस्थित दर्शक मज्जैले झुमेका थिए ।

पहिलो पटक आफ्नो श्रीमान् कित्थ्या बादीसँग दोहोरी गाउँदा दर्शकहरुले उनीहरुलाई साथ दिएका थिए । कार्यक्रममा डीक्राले पुन दर्शकमाझ आउन पाउँदा खुशी महसुस गरेको बताइन् । ‘पहिले चक्कामा धेरै गीत रेकर्ड गरेँ, अहिले मेमोरीको जमाना आइसक्यो । त्यसैले अब भिडियो सकितको ठाडी भाका निकाल्ने तयारीमा छु’, डीक्राले भनिन् ।

कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रमा बादीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । उनलाई एकल गायन सांगीतिक समूहबाट शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीव मैनालीले बाद्य बाधनमा साथ दिएका थिए ।