‘मेरो एउटा साथी छ २’ दिनेश राउतले निर्देशन गर्ने पक्का

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

केही दिन अघि चलचित्र ‘मेरो एउटा साथी छ २’बन्ने घोषणा भएसँगै चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्ने अनुमान गरिएको थियो । तर अहिले यस चलचित्रलाई निर्देशक दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । सुदर्शन थापाको डेब्यू निर्देशन रहेको  ‘मेरो एउटा साथी छ' सिक्वेलमा दिनेश राउतले सुदर्शन थापालाई रिप्लेस गरेका छन्  । ‘मेरो एउटा साथी छ ’मा भने दिनेश राउत असिस्टेन्ट थिए ।

सुदर्शन थापाको निर्देशनमा बनेको ‘मेरो एउटा साथी छ' मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ लिड रोलमा रहेका थिए भने दिनेश राउतको निर्देशनमा बनेको चलचित्र 'नोभेम्बर रेन', 'क्लासिक' मा पनि आर्यन र नम्रता अनुबन्धित थिए । जुन दुईटै चलचित्रलाई दर्शकले निकै रुचाएका थिए । ‘मेरो एउटा साथी छ २’  यो जोडी दोहोरिने सम्भावना कम रहेको स्रोतले जनाएको छ । पछिल्लो समय चलचित्र ‘प्रसाद’ बनाएका राउत उक्त चलचित्रले चौतर्फी प्रशंसा बटुलेपछि निकै खुशी देखिएका छन् ।

स्रोतका अनुसार केही समय अघि चलचित्रका निर्माण कम्पनी र निर्देशक राउतबीच मौखिक सम्झौता भईसकेको र केही दिनमा कागजी सम्झौता हुँने बताइएको थियो । मंगलवार दिउँसो निर्माता र निर्देशकबीच कागजी सम्झौता भईसकेको छ । आइकोर फिल्मस्को तर्फबाट प्रज्जवल शम्सेर राणा र निर्देशक राउतबीच लगातार छलफल भइरहेको थियो । निर्देशक राउतकै कथा, लेखन रहने बताइएको चलचित्रमा कलाकारको टुंगो लागिसकेको छैन । हाल निर्देशक राउत चलचित्रको कथा, लेखनमा ब्यस्त छन् ।