‘सरौतो’ को राजधानीको सेड्युल सकियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

राजधानीमा गत माघको तेस्रोसाता एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ’सरौतो’ को राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल क्लबमा गरेको हो । छायाँकन भइरहेको गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । यसगीतमा छायाँकन भईरहेको यसपार्टलाई इम्याजीन सिनको रुपमा डेब्यु निर्देशक हरी हुमागाईले ब्याख्या गरे । ’स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिरहेका छौ’ हरीले भने ’डेब्यु फिल्ममा सबैको सहयोग पाएर काम राम्रो भइरहेको छ , फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ उनले टिमवर्कले सोचिएको र लेखिएको दृश्यलाई कैद गर्न सफल भइरहेको समेत प्रस्ट्याए । गीतलाई लिएर उनि झनै विश्वत छन् । ’गीत जन जिब्रोमा झुण्डिने किसिमको छ’ उनले भने ’राम्रो गर्ने कोसिस गरेकाछौ , आश छ हाम्रो कोसिस दर्शकलाई मन पर्नेछ ।’ छायाँकन भईरहेको गीत ’चुलो चौका’ मा राजनराज शिवाकोटीको  र अञ्जु पन्तको स्वर रहेको छ भने यसमा राजनकै शब्द र संगीत रहेको छ । यसै फिल्म मार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि आशावादी छिन । ’गीतलाई जसरी तयारी गरेका थियौ त्यसै अनुरुप छायाँकन भईरहेको छ’ उनले भनिन् ’कोरियोग्राफीमा पहिलो भएपनि सबैले कोअपरेट गर्नु भएको छ ।’

गीतबाट सुमी निकै आशावादी छिन । ’मैले यस लोकलयको गीतमा पहिलो पटक डान्स गरिरहेकी छु तर रमाइलो भईरहेको छ’ सुमी भन्छिन् ’गीतमा केहि नयाँ कन्सेप्ट दिने कोसिस गरेका छौ ।’ गीतमा सुमीसँगै सन्नी पनि फिचर्ड छन् । फिल्म डायरी मार्फत डेब्यु गरेका सन्नीले गीतलाई इन्जोय गरिरहेको बताएका छन् । ’गीत लोकलयको भएकोले इन्जोय गरिरहेको छु’ उनि भन्छन् ’डान्स मलाइ सहज लाग्दैन तर यसगीतमा भने कम्फर्ट फिल गरिरहेको छु ।’ गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् । स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सह (निर्माताको रुपमाश्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , आमिर गौतम , अरुणा कार्की ,  सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ । काठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गर्न लाग्नेछ । फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

हरी हुमागाई: डेब्यु फिल्म भएकाले मैले सक्ने मेहनतमा कुनै कमि गरेको छैन । यो गीतसँगै काठमान्डूको छायाँकन सकिएको छ भने अब हामी तराइको सिम्रौनगढ लगायतका स्थानमा छायाँकन लागि जादैछौ । छायाँकनरत गीत लोकलयको छ । स्कुलको एक कार्यक्रममा सुरु हुने गीतलाई क्यारेक्टरले आफ्नो किसिमले इम्याजिन गर्नु हुन्छ , त्यसै अन्तर्गतको छायाँकन हो यो । गीतमा सन्नी र सुमी बीचको मायालाई देखाइनेछ । यो गीतले फिल्मको कथामा महत्वपूर्ण रुपमा प्रस्तुत हुनेछ , यसलाई केवल मनोरंजनको लागि राखिएको छैन । फिल्म रिभेन्जको स्टोरीमा छ । हाम्रो पहिलो प्रयास हो सकेसम्म दर्शकको पैसा र सदुपयोग हुने किसिमले नै काम गरिरहेका छौ , हामीले गर्नु पर्ने कर्मलाई पूर्ण रुपमा निर्वाह गरेका छौ ।

सुमी मोक्तान: रमाइलो भइरहेको छ । लोकलयको गीतमा हामी नृत्य गरिरहेका छौ । चौथो दिनको छायाँकन हो यो । हामीले मेकिङ्गमा कुनै कसर बाकि राखेका छैनौ । गीतमा म स्कुल टिचरको रुपमा देखिएको छु भने अहिलेको छायाँकनमा मेरो को(स्टारले इम्याजिन गरेको रुपमा प्रस्तुत भएकी छु । फिल्ममा दर्शकले मेरो एक्सन अवतार देख्नु हुनेछ । तेस्रो सातासम्म आइपुग्दा छायाँकन सोच अनुसार नै अगाडी बढेको छ , अब तराइको भाग बाँकी छ । हामीले नयाँ कुरा त दिन नसकौला तर प्रस्तुति हिसाबले भने दर्शकको लागि फिल्मले नयाँपन पक्कै दिनेछ ।

सन्नी सिंह: गीतमा हामी बेहुला तथा बेहुलीको साथीको रुपमा छौ । रोमान्टिक गीतमा रमाइलो भइरहेको छ । टिम एकदमै राम्रो पाएको छु , यसैले गर्दा काम राम्रो भइरहेको छ । अघिल्लो फिल्मको तुलनामा मलाइ लुक्समै फरक पाउनु हुनेछ भने यसको एक्सन पनि फरक रुपमा कम्पोज गरिएको छ । दर्शकले मलाइ यसमा लभर र एक्सन ब्वाईको अवतारमा देख्नु हुनेछ ।