कमेडी चलचित्र ‘चच हुई’मा आर्यन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

निर्देशक साम्तेन भुटियाले पहिलो पटक कमेडी चलचित्र बनाउने भएका छन् । अनागत, तान्द्रो, साढे सात, जस्ता फरक बिधालाई समेटेर चलचित्र निर्माणमा गर्दै आएका भुटियाले चलचित्र कमेडी चलचित्र ‘चच हुई’ बनाउँदैछन् । उनले चलचित्रमा अभिनेता आर्यन सिग्देललाई लिएका छन् । चकलेटी अभिनेता आर्यनलाई यसअघि केमेडी चलचित्रमा दर्शकले कमै देखेको र अब आर्यनलाई भरपुर कमेडी चलचित्रमा दर्शकले देख्न पाउने निर्देशक भुटियाले बताएका छन् ।

चलचित्र 'लेटर'मार्फत निर्देशनमा डेब्यू गरेका निर्देशक साम्तेन भुटिया सहित चलचित्र ‘चच हुई’ निर्माण टिम छायांकनका लागि काठमाडौंबाट मुस्ताङ जिल्ला स्थित मार्फा गाउँ प्रवेश गरिसकेको छ । अहिले नभएर आर्यनले केही दिन पछि मात्र सुटिङ सेट ज्वाइन गर्ने भएका छन् । बावु बन्न लागेका आर्यनकी श्रीमती सपना भण्डारी गर्भवती भएका कारण उनी केही दिन श्रीमतीसँग समय बिताउन चाहने उनले बताएका छन् । चलचित्र एजिएल इन्टरटेन्मेन्टको ब्यानरमा यो निर्माण हुन लागेको हो । निर्माण टिमले बताएअनुसार आर्यनको अपोजिटमा अभिनेत्री मिरुना मगर फाइनल भइइसकेकी छिन् ।अमृत घले लामाले निर्माण गर्ने 'चच हुई'मा संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संयूक्त संगीत रहनेछ ।