‘सरौतो’को लोकलयको गीत सुटिङ

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ फागुन, काठमाडौं । </span></pre><p>चलचित्र ‘सरौतो’को लोकलय को गीत सुटिङ गरिएको छ । बिहीबार ललितपुरस्थित सानेपाको इन्टरनेशनल क्लबमा सुटिङ भएको गीतमा सुमी मोक्तान र सन्नी सिंह बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका छन् । चलचित्रका डेब्यु निर्देशक हरी हुमागाईले स्कुलमा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायाँकन गरिएको जानकारी दिए । ‘गीत जन जिब्रोमा झुण्डिने किसिमको छ, राम्रो गर्ने कोसिस गरेका छौ , आश छ हाम्रो कोसिस दर्शकलाई मन पर्नेछ ।’ उनले भने । ‘चुलो चौका’बोलको गीतमा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको छ भने यसमा राजनकै शब्द र संगीत रहेको छ । यसै चलचित्र मार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि आशावादी छिन् ।</p><p>स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा सह(निर्माताको रुपमा श्री महर्जन रहेका छन् । एक्सन र रिभेन्जको कथामा बन्ने चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की,&nbsp; सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ । काठमाडौँमा तिन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली सिम्रौनगठ लगायतका तराइको स्थानमा छायांकन गर्न लाग्नेछ । चलचित्र उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।</p>