‘क्याप्टेन’ प्रति दर्शकको यस्तो क्रेज, अनमोललाई दर्शकको भिडबाट जोगाउनै हम्मेहम्मे (video)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

केहि महिनायता नेपाली चलचित्रमा नदेखिएका दर्शक चलचित्र ‘क्याप्टेन’मा देखिएका छन् । युवास्टार अनमोल केसीले एक फुटबल खेलाडीको भूमिका निभाएको यो चलचित्रले शुक्रबारबाट प्रदर्शनमा आएको दिनबाटै राम्रो ब्यापार गरिरहेको छ। शुक्रबारको तुलनामा शनिबार चलचित्र हलहरुमा दर्शक भरिभराउ देखिन्थे ।

चलचित्रका वितरक मनोज राठीका अनुसार चलचित्रले निकै राम्रो कमाई गरिरहेको छ । उनले शुक्रबार चलचित्रको अकुपेन्सी ५० देखि ६० प्रतिशतको हारहारीमा देखिएतापनि शनिबार चलचित्रको व्यापार शत प्रतिशत रहेको बताए । शनिबार बिहानैदेखि काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण लगायतका हलमा भरिभराउ दर्शक थिए । काठमाण्डौ बाहिर पनि बिहानैदेखि दर्शक हलमा पुगेका थिए ।

चलचित्रका नायक अनमोल, नायिका उपाशना र प्रियंका, त्यसैगरी निर्माता भूवन केसी लगायतको टिम शनिबार राजधानीको चाबहिलस्थित गोपिकृष्ण हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका थिए । प्रहरी र बडिगार्डसहित हलमा पुगेका अनमोललाई दर्शकको भिडबाट जोगाउनै हम्मेहम्मे परेको थियो ।अनमोल राष्ट्रिय झन्डाको साथमा हल पुगेका थिए । उनले दर्शकसँग राष्ट्रिय गान पनि गाएका थिए ।

video: