‘उरी’ ब्लकबस्टर भएलगत्तै ‘उधम सिंह’मा अनुबन्धित विक्की कौशल

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता विक्की कौशल अभिनित चलचित्र 'उरी: द सर्जिकल स्ट्रिक' ब्लकबस्टर भएपछि यतिबेला विक्कीको चौतर्फी चर्चा भईरहेको छ । ठूलो बजेटमा बनेका अन्य धेरै चलचित्रलाई पछि पार्दै मध्यम बजेटको 'उरी'ले झण्डै २४० करोडको व्यापार गरेको छ।

मसान चलचित्रमा गरेको ‘स्पेक्टाकुर’ प्रदर्शनबाट बलिउड सिनेक्षेत्रमा आफ्नो स्थान बनाउन सफल विक्कीले २०१८ मा प्रर्दशनमा आएको अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र 'सन्जु'मा कमलीको भूमिका निर्वाह गरेका थिए । उक्त भूमिकालाई दर्शकले सर्वाधिक रुचाएका थिए । त्यसपछि उनले चलचित्र 'राजी'मा एक पाकिस्तानी सैनिकको भूमिका निर्वाह गरे र त्यसमा उत्कृष्ट देखिए। सबै चलचित्रमा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । तर 'उरी'ले विक्कीको उचाई अहिलेसम्मकै माथि पुर्‍यायो ।

हालै मात्र विक्की कौशल एक नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ । उनले विक्क सूजित सिर्कारको आउँदो चलचित्र ‘उधम सिंह’ मा मूख्य भूमिका निर्वाह गर्ने पक्का भएको छ । सन् २०२० मा प्रदर्शनमा आउने यस चलचित्र भारतको स्वतन्त्रता अभियानका स्वतन्त्रता योद्धा उधम सिंहमाथि बन्न लागेको हो । उक्त चलचित्रको छायाँकन आउँदो महिनादेखि सुरु हुने भारतिय संचार माध्यमले जनाएका छन् ।