एक्सन फिल्मलाई मन पराउँदै दर्शक, लुटेरा करोड क्लबमा

...

lutera nepali movieकात्तिक ३०, काठमाडौं । नेपाली फिल्मी बजार उकासिने क्रममै रहेको बेला निखिल उप्रेती अभिनित फिल्म ‘लुटेरा’ले पनि राम्रो ब्यापार गर्दै गएको छ । लक्ष्मी पुजाका दिन देखी प्रदर्शनमा आएको फिल्म ‘लुटेरा’ करोड क्लबमा प्रवेश गरीसकेको छ । प्रदर्शनमा आएको चार दिनमै करोडको ब्यापार गरेको निर्माता तथा बितरक गोपाल कायस्थले बताए ।

दयाराम दाहालले निर्देशन गरेको सो फिल्मको शनिबार सम्मको ग्रस ब्यापार मात्र १ करोड २३ लाख रहेको बताईएको छ । देशैभरका करिब चार दर्जन भन्दा बढी फिल्महलमा प्रदर्शन भईरहेको एक्सन मुभि लुटेराले सुरुका केहि दिन हाउसफुलका साथ ब्यापार गरेको थियो ।

नेपाली फिल्म बजारमा एक्सन फिल्म हेर्न नपाएका नेपाली दर्शक अभिनेता निखिल उप्रेतीको कमब्याक पछि हेर्न झुम्मिएका छन् । फिल्ममा अभिनेता निखिल उप्रेतीको साथमा सबिन श्रेष्ठ, अभिनेत्री निशा अधिकारी र हर्षिका श्रेष्ठ पनि मुख्य भुमिकामा नै छन् । ठुलै बजेटमा निर्माण गरिएको चलचित्रले फाईदा कमाउन ३ करोडको आसपासमा ग्रस ब्यापार गर्नुपर्ने देखिन्छ ।