बेलायतमा ‘नेपाल म्युजिक फेस्टिवल’ आयोजना हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आउँदो अप्रिल माहिनाको १३ तारिखमा पर्ने नेपाली नयाँ बर्ष २०७६ लाई बेलायतमा एक भव्य नेपाली सांगीतिक कार्यक्रमसहित स्वागत गरिने भएको छ। लण्डनस्थित इलेसक्ट्रक ब्रिक्सटमा हाल नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय बिभिन्न ब्यान्डहरुको प्रत्यक्ष प्रस्तुती सहित 'नेपाल म्युजिक फेस्टिवल'को तयारी भईरहेको छ। बेलायतस्थित जि नाइन इन्टरटेन्मेन्ट, ह्याब अ मोमेन्ट, च्याउसे द वन नट जस्ट ट्राभलले संयुक्त रुपमा आयोजना गर्ने यस कार्यक्रम प्रस्तुतीका लागि नेपालबाट गाएक सबिन राई र उनको फारोह ब्यान्ड आशिष राना (लाहुरे) र तृष्णा गुंरुग बेलायत आउँने भएका छन्। त्यसैगरी बेलायतमै रहेका प्रशान्त लिम्बु र शब्द ब्यान्डको पनि प्रस्तुती रहने यस कार्यक्रम होस्ट लेक्स लिम्बु र निआ देवानले गर्नेछन्।

राती १० बजेबाट बिहान ६ बजेसम्मको लागि तय गरेको यस इभेन्टलाई नेपाल फुड्सको प्रस्तुती रहेको वाईवाइले सहप्रायोजन गरेको हो भने, रेष्टुरेन्ट, खुकुरी रम, गोर्खा बुलियन, सितारा चामल,  आयो  गोर्खाली लगायतका इभेन्ट प्रायोजक छन् । मध्यरातमा नयाँबर्षको काउन्ट डाउन गर्ने कार्यक्रम छ। उपस्थित कलाकारहरुको प्रस्तुती सकिएपछि सोहि भ्यूमै बिहानसम्म मध्यरातको पार्टीमा डिजे एसकाजी र डिजे फास्ट सेक्रेटले नचाउने छन्।

कार्यक्रमका लागि ३५ पाउण्टको टिकट राखिएसँगै यो मूल्यमै आफ्टर नाइट पार्टी समेत समावेश गरिएको छ ।आयोजकले बताएसँगै अप्रिल महिनाको ७ देखि २० तारिखभित्रमा जन्मदिन पर्नेहरुको लागि उक्त कार्यक्रममा निशुल्क प्रवेश गराइने। कार्यक्रम सम्बन्धी अन्य जानकारीका लागि 'नेपाल म्युजिक फेस्टिवल यूके २०१९' को फेसबुक पेजमार्फत आयोजकलाई सम्पर्क गर्न सकिनेछ ।