पथरीमा ‘पुरानो बुलेट’को तारिफ

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

केही दिन अगाडी पथरीको कञ्चन चलचित्र मन्दिरमा चैत १ बाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘पुरानो बुलेट’को च्यारिटी शो गरिएको छ । शोमा सिनेमा हेरेका सबै दर्शकहरुले ‘पुरानो बुलेट’लाई राम्रो प्रतिकृया दिएका छन् । च्यारिटि शोमा ५ सय दर्शकले फिल्मका नायक, नायीका र निर्देशक, कार्यकारी निर्माता र अतिथिसँगै फिल्म हेरेका थिए । चलचित्रको मध्यन्तर पछि चलचित्राका मुख्य कलाकार अनुविक्रम शाही, माला लिम्बू र निर्देशक भिषण राई पनि दर्शकमाझ चलचित्रको बारेमा प्रष्टाएका थिए ।

क्रेजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको सो चलचित्र गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थको लागी पथरीमा च्यारिटी शो गरिएको कार्यकारी निर्माता सन्तोष राईले बताए । पूर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पथरीमा दर्शकले सोचेको भन्दा धेरै राम्रो भएको बताएका छन् । हलबाट निस्किने क्रममा उनीहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । नायक अनुपबिक्रम र मालाले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि चलचित्रबाट निक्कै उत्साहित भएको बताए । पथरी च्यारिटि शोमा समग्र चलचित्रले पाएको राम्रो प्रतिकृयाबाट चलत्रित्रका कार्यकारी निर्माता सन्तोष राई चैत १ गतेलाई लिएर उत्साहित रहेको बताए । सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा बनेको चलचित्र‘पुरानो बुलेट’को वर्लड प्रिमियर शो हङकङबाटपनि उस्तै राम्रो प्रतिकृया पाएको थियो । औपचारीकरुपमा सुरु भएको चलचित्रलाई नगरका प्रमुख दिलिप कुमार राईले रिवन काटेर शो को उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष बाबुराम एक्देन, १० नम्बर वडाध्यक्ष सागर राई, ६ नम्बर वडाध्यक्ष जय तामाङ, धनकुमार तामाङ,कमल हाङबाङ लगाएतले सहभागी भएका थिए ।

निर्देशक भिषण राईले निर्देशन गरेको यस चलचित्रमा अनुप, बर्षा र मालाको अलवा कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, कविता आले, दिवज राई, शिव मुखियालगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणलाई सन्तोष राईले सघाएका छन् । सन्तोष राई कार्यकारी निर्माता रहेको यस चलचित्रमा दिपेन्द्र लिम्बु, अशोककुमार राई, टिकाराम राई र विरेन साम्बा निर्माताको रुपमा छन् । प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी रहेको चलचित्रमा हरि घले लामाको छायांकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रको प्रर्दशन मिति चैत १ गतेलाई तोकिएको छ ।