गिनिज बुकमा ह्याट्रिक गर्दै दिनेशः ३० सेकेन्डमा ११ पटक ब्याक फ्लिप्स

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

खेलकूद क्षेत्रबाट दुईपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम दर्ज गरिसकेका पार्कर खेलाडी दिनेश सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् ।

खेलकूदको क्षेत्रबाट (ह्याट्रिक) वल्र्ड रेकर्ड राख्ने तयारी गरेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । वल्र्ड रेकर्डका लागि सोमबार‘मस्ट ट्विस्टिङ्ग ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधाको रेकर्ड गरिएको छ ।

खेलाडी सुनारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको झण्डा ओढाएर बधाई तथा शुभकामना व्यक्त गरे । खोटाङ जिल्लामा जन्मिएका सुनार जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी हुन् ।

खेलको विकासका लागि निरन्तर खटिरहेका खेलाडी सुनारले भने “एक ठाउँबाट अर्को ठाउँसम्म बीचमा आउने अवरोध हटाउँदै छोटो समयमा साधारण मानिसभन्दा फरक तरिकाले पुग्नु नै पार्कर हो”।