बद्री पंगेनी लेख्छन्- सिके दाईलाई अंगालोमा बिप्लब किन पाखा ?

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

पछिल्लो समय सरकार र सिके राउत बिचको ११ बुँदे सम्झौता चर्चाको बिषय बनेको छ । राजनितिज्ञ देखी कलाकारसम्मले बिभिन्न टिकाटिप्पणी गरेका छन् । कतिले सरकारको बिरुद्धमा बोलेका छन् त कतिले राउतको बिरुद्धमा । यस्तै मंगलबार सरकारले बिप्लप नेकपा माथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अर्को बहसको बिषय बनेको छ । यो बिषयमा पनि सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी चलिरहेको छ ।

यसैबिच लोकप्रिय लोक गायक बद्री पंगेनीले यीनै बिषयलाई लिएर गीतको शैलीमा सामाजिक सञ्जालमा स्टाटस राखेका छन् । गायक पंगेनीको स्टाटसले सरकारलाई सन्देश दिन खोजेको बुझिएको छ । पंगेनीले गीतशैलीमा लेखिएको स्टाटसको अन्तिम हर्फमा लेखिएको छ ‘सिके दाइलाइ अंगालोमा बिप्लब किन पाखा? ।’

गायक पंगेनीले कतै यीनै शब्द राखेर नयाँ गीत बनाउँदै त छैनन् ? फेसबुकमा राखेको उक्त स्टाटसमा आएका प्रतिक्रियाहरुले पनि यस्तै ज्ञिजासा उठाइरहेका छन् । रामजी सापकोटा नाम गरेका एक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘यसमा संगीत भरेर युट्युब बाट रिलीज गर्न पर्यो दाजु सरकारको कानमा पुग्छ की ।’ यस्तै अर्का फेसबुक प्रयोगकर्ता प्रकाश क्षेत्रीले बिप्लपको बिषयबारे यस्तो लेख्छन्, ‘बम नहान बिप्लव भन्दा बम हान्छ चन्दा आतंक बन्द गर भन्दा गर्दैन। सहमतिमा शान्ति पुर्बक वार्तामा आउ भन्दा पनि आउदैन,आउदैन भने टुलुटुलु हेर राज्य छोड्देउ बिपल्वलाई किन कि अब लोकतन्त्र विरुद्धको दादागिरी तन्त्र आवश्यक छ देसलाई। ’

गायक बद्री पंगेनीले लेखेको स्टाटस यस्तो छ ।

द्वन्द बाट अहिलेसम्म कुन देश बन्या छ र ?

बिप्लबको प्रतिबन्ध तत्काल फिर्ता गर।

ध्वंश अनि बिनास होइन, बिकास निर्माण रोजौं

वार्ता अनि संवाद बाटै सहमति खोजौं

अब देशले सहदैन बम बारुदको गन्ध

तिमिलाइ पनि लागेकै हो हिजो प्रतिबन्ध

हिजोकै पाठ पढेर नि खोल्नु पर्छ आँखा,

सिके दाइलाइ अंगालोमा बिप्लब किन पाखा ?