समसामयिक कथावस्तु समेटिने ‘हली’को निर्माण घोषणा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गाउँ समाजमा घट्ने घटना समेटिने चलचित्र ‘हली’ निर्माण हुने भएको छ । निर्माण टिमले सोमबार राजधानीको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा चलचित्रको शुभमुर्हत गरिसकेका छन् । उक्त शुभकार्यमा बालकृष्ण वर्लाकोटीको उपस्थित रहेको थियो । वर्लाकोटी लायन्स क्लब इन्टरनेशनल एरिया लिडर हुन् । शुभमुर्हत कार्यक्रममा चलचित्रका अभिनेता सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले मुर्हत सर्ट दिएका थिए ।

निर्देशक ओम प्रतिक गुरुङले निर्देशन गर्ने यस चलचित्र समसामयिक कथावस्तुमा आधारित हुने गुरुङले बताएका छन् ।  चलचित्रलाई जस्मिन श्रेष्ठ, पूजा गुरुङ र गोबिन्द लामिछानेले संयुक्त रुपमा निर्माण गर्ने भएका छन् । सरोज खनाल, प्रमोद दीप, सुजाता थापाका सँगै ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटी लगायतका कलाकारको पनि अभिनय रहने चलचित्रको छायांकन चैत्र दोस्रो साताबाट थालिने निर्माण टिमले बताएका छन् । डडेलधुरा, डोटी, बझाङलगायतका स्थानमा छायांकन हुने बताइएको चलचित्रमा राम प्यासको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, र  राहुल राईको छायांकन रहनेछ ।