दुईसाता पछि सर्यो आयुष्मान र प्रियंकाको ‘प्रेम दिवस’

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

एफडी कम्पनीको वितरण रहने चलचित्र ‘प्रेम दिवस’ को प्रर्दशन मिती सरेको छ। अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको यस चलचित्रको प्रदर्शनको मिती जेष्ठ ३ गतेलाई तोकिएको थियो । उक्त मितीमै एफडी कम्पनीकै वितरण रहने अर्को चलचित्र  ‘विर विक्रम २’ प्रदर्शन हुने भएकाले दुवै चलचित्रका निर्माताको सहमतीमा नै ‘प्रेम दिवस’ को प्रदर्शन मिती दुई सातापछि सारिएको एफडी कम्पनीमा प्रमुख सुशिल पोखरेलले जानकारी दिए। अब ‘प्रेम दिवस’ जेष्ठ १७ गतेबाट देशभरका चलचित्र हलमा प्रर्दशनमा आउने भएको छ । योगश न्यौपाने निर्देशीत यो चलचित्रमा सञ्जय न्यौपानेको लगानी छ ।

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भएको यो चलचित्र मा प्रियंका, आयुष्मान र विशालसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतको अभिनय रहेको छ । मानकृष्ण महर्जनले खिचेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । चलचित्रमा द्धन्द्व  रोशन श्रेष्ठको छ भने चलचित्रको सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको सहनिर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।