‘जात्रै जात्रा’को ‘माया पिरिम’ गीतमा करिश्मा र सारासँग निश्चलको नृत्य

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आउँदो बर्षको बैशाख २७ गतेबाट जेठ ३ मा रिलिज हुने बताइएको चलचित्र ‘जात्रै जात्रा’को ‘माया पिरिम’बोलको गीत सार्वजनिक गरिएको छ । निशान भट्टराई र मनिषा पोखरेलको स्वरमा रहेको उक्त गीतमा लेखु सहयात्रीको शब्द छन् भने ती शब्दलाई कृष्ण भारध्वाजले संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारसँगै गेष्ट भूमिकामा रहेका कलाकारहरुको नृत्य देख्न सकिन्छ । भिडियोमा चलचित्रका दुई मुख्य कलाकार बिपिन कार्की र वर्षा राउतसँगै निश्चल बस्नेत, करिश्मा मानन्धर, सारा सिर्पालीको पनि नृत्य देख्न सकिन्छ ।

आइतबार गीत रिलिज कार्यक्रममा चलचित्रका निर्देशक प्रदीप भट्टराईले दर्शकको मनमा बस्ने गीत बनाउने कोसिस गरेको बताए । उनले गेष्ट भूमिकामा पनि आफ्नो चलचित्रमा लागी काम गरिदिएका कलाकारहरुलाई धन्यवाद पनि दिए । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य पनि उपस्थित थिए । उनले पछिल्लो समयका निकै लोकप्रिय कलाकारहरुले अभिनय गरेको गीत हिट हुनेमा कुनै शंका नभएको बताए । साथै चलचित्रको गीतमा मात्र काम गरेकी नायिका करिश्माले अफर गरेपछि गीत सुन्दासाथ छाड्नै मन नलागेको बताइन् । यस्तै नायिका साराले पनि अग्रह कलाकारहरुसँग कम्मर मर्काउन पाउँदाको खुसी सेयर गरिन् ।

भिडियोमा कविराज गहतराजले कोरियोग्राफि गरेका छन् । रबिन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको यो चलचित्रका सिंगे लामा र योगेश्वर पौडेल निर्माताको रुपमा रहेका छन्  ।

video: