‘यात्रा’ टिमले एकअर्कालाई रङ्ग लगाउँदै होली मनाए (फोटो/भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चैत्रको अन्तिम साता अर्थात् २९ गते प्रर्दशनमा आउँने चलचित्र ‘यात्रा': अ म्युजिकल भ्लग’ युनिटले एकअर्कालाई रङ्ग तथा अविर लगाउदै होली पर्व मनाएका छन् । राइजीङ स्टार सलिन मान बनियाँसँगै डेब्यु गर्ल मलिका महत , जान्हवी बस्नेत,प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् । होलीलाई प्रि-सेलिब्रेट गरेको यात्रा टिमले आउँदो वुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होलीलाई सेलिब्रेट गर्ने पनि जनाएका छन् ।

गैरीधाराको रोयल एम्पायर होटेल , सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए ।‘रङ्गहरुको पर्व होलीलाई हामी मिडिया र दर्शकसँग मनाउदै छौ’ उनले भने ‘होलीलाई रङ्गसँगै सद्वावको पर्वको रुपमा पनि लिइने भएकोले मन पर्छ ।’ यी सम्पूर्ण स्थानमा यात्रा युनिटकै उपस्थिति रहनेछ । सलिन पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाइ मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’ उनले भने ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु , विभिन्न स्थानमा पुग्दैछु ।’

उनले पहिलो पटक यसकिसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन् । उनिसँगै उनको यात्रा टिम साथमा रहनेछ । फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी , प्रजोल भट्टराई, देश भक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसै चलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड,क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् ।

चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन । चलचित्र मा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ ।

चलचित्रमा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन्। चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।

Holi special video: