होली मनाउँन पोखरा पुगे ‘लभ स्टेशन’ टिम

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायक प्रदीप खड्का चलचित्र ‘लभ स्टेशन’ टिम सहित पोखरा आइपुगेका छन् । यहि चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘लभ स्टेशन’की नायिका जसिता गुरुङ, प्रस्तुतकर्ता गोविन्द शाही लगायतको टिम होलीको अवसरमा चलचित्र प्रचारप्रसारका लागी पोखरा आएका हुन् ।

मंगलबार दिउँसो आएको चलचित्र टिमले साँझ पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराए । नायक प्रदीपले ‘लभ स्टेशन’मा आफूलाई एक गायकको रुपमा दर्शकले देख्न पाउने बताए । ‘म चलचित्रमा गायकको भूमिकामा छु, दर्शकका लागी यसभन्दा अघिको चलचित्रको भन्दा फरक भूमिका हो’ प्रदीपले भने । यस्तै नायिका जसिता पनि दर्शकले चलचित्र मन पर्नेमा आशावादी देखिइन् ।

चलचित्रका प्रस्तुतकर्ता गोविन्दले चलचित्रको प्रमोशनसँगै पोखरावासी सँग होली पर्व मनाउनका लागी पोखरा आएको बताए । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा प्रमोशन शैली तिब्र मनाएको उनी बताउँछन् । ‘दर्शकले ट्रेलर र गीत सार्वजनिक भइसकेपछि दिनुभएको प्रतिक्रियाले निकै खुसी छौं, आशा छ चलचित्र मन पर्नेछ’ गोविन्दले भने ।

गोविन्दका अनुसार आज बुधबार पोखराका दर्शकसँग ‘लभ स्टेशन’ टिमले होली मनाउनेछ । साथै बुधबार नै काठमाडौंको होली कार्यक्रमका लागी टिम फर्कने उनले जानकारी दिए ।

उज्जवल घिमिरे निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।