‘मिष्टर एण्ड मिस एसईई बेष्टमोडल’ प्रतियोगिता हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०१९’ नामक सौन्दर्य प्रतियोगिता गर्ने भएको छ । मंगलवार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै क्रियसले दुई सौदर्य प्रतियोगिता एकसाथ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

मोडलिङ क्षेत्र रोजेर भविस्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित बातावरण बनाउने उदेश्य प्रतियोगिताको रहेको आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले बताए । उनले प्रतियोगितामा अन्य सौदर्य प्रतियोगिता भन्दा भिन्न तरिकाले प्रतिभाको मुल्याङ्कन गर्ने सुनाए ।

कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले अन्य भन्दा यी सौदर्य प्रतियोगिता केही भिन्न रहेकोले आफु जोडिएको बताए । अन्तराष्ट्रिय कोरियोग्राफरको रुपमा समेत परिचित शाक्यले प्रतियोगिताका सहभागीलाई आफुले योग्य र सक्षम मोडल बन्न सक्ने प्रशिक्षण दिने बताए ।

कार्यक्रममा प्रतियोगिताको आवेदन समेत खुल्ला गरिएको जानकारी दिइयो । १६ देखि ३० बर्षसम्मका जुनै समुदायका युवायुवतीले आवेदन भर्न सक्ने प्रतियोगितामा सहभागीका एसएलसी र न्युनतम ५ फिट उचाही योग्यता तोकिएको छ ।  ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर’का लागि ८ चैत्रसम्म आवेदन दिइसक्नु पर्ने र पहिलो चरणको छनौट चैत्र ९ गते हुने र ‘मिष्टर एण्ड मिस बेष्ट मोडल एसईई’का लागि २२ चैत्रसम्म आवदेन दिनसक्ने र पहिलो चरणको छनौट चैत्र २३ गते हुने कार्यक्रममा जानकारी दिइयो ।

आवेदन फर्म  एवान क्याफे नयाँबजार, फुलवारी कम्प्लेक्स बौद्ध, क्लिफ क्याफे ललिटपुर महल, इलोक्ट्रनिक होल्ड कमल बिनायक , श्रीराम रेडियो टिभी पसल बनेपा, अर्किट ब्युटि पार्लर  र आर्टिस नेपाल पुतली सडकमा उपलब्ध छ । अडिसनबाट छानिएका प्रतियोगिलाई ब्यक्तित्व बिकाश, रनवे मोडलिङ, फेसन लगायतका बिभिन्न प्रशिक्षण सहित आगामी जेठ ३ गते होटल मल्लमा आयोजना अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ । दुवै प्रतियोगिताका शिर्ष विजेता, फष्ट रनर अपर सेकेन्ड रनर अपले सिल्भर क्राउन, आकर्षक गिफ्टका साथै बिभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्ने कार्यक्रमका संयोजक सहदेव बैद्यले जानकारी दिए ।