‘ए मेरो हजुर ३’ दोस्रो गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ दोस्रो गीत सार्वजनिक भएको छ । गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । आशिष अबिलर र अञ्जु पन्तको आवाज रहेको ‘परान’ बोलको गीतमा आशिष अविरलकै संगीत र आनन्द अधिकारीको शब्द रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । प्रविन सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोमा अनमोल र सुहानाको नृत्य देख्न सकिन्छ । सांगीतक प्रेमकथामा आधारित चलचित्रलाइ सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यस चलचित्रबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली चलचित्र क्षेत्रमा डेब्यू गराएका हुन् ।

चैत्र २९ गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्रमा अनमोल र सुहानाको अलवा  सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका हुन भने सञ्जय लामाले खिचेका हुन् ।

song: