<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नेपाल लोक स्टारको प्रचारप्रसारको जिम्मा एडप्याड प्रालिले पाएको छ । आयोजक संस्था चाहना मिडिया प्रालिले बजार प्रवर्द्धन तथा प्रचारप्रसारका लागि एडप्याडसँग सम्झौता गरेको हो । एडप्याडले नेपाल लोक स्टारलाई प्रचार तथा बिक्री वितरणका लागि आधिकारिक एजेन्सीका रुपमा एडप्याडको तर्फबाट निर्देशक सरोज बस्नेत र चाहना मिडियाको तर्फबाट अध्यक्ष सहदेव कोइरालाबीच सम्झौतामा हस्ताक्षर भयो', कम्पनीले भनेको छ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/6e2cbfdc4a6ae9e5e587abe1c97043dc1553341988.jpg" style="width: 1327px;"><br></p><p style="text-align: justify; ">नेपाल लोक स्टार रियालिटी शोको कार्यक्रमको निर्णायक मण्डलमा जयनन्द लामा, बिबि अनुरागी, रामजी खाण र सुनिता दुलाल छन् भने शुभेक्ष्य खड्का र अशोक धिताल प्रस्तोता छन्। कार्यक्रम जेठ २५ बाट एपीवान टेलिभिजनबाट प्रसारण हुने छ। आयोजक संस्थाका अध्यक्ष कोइरालाका अनसार विजेतामध्ये पहिलोलाई ५० लाख, दोस्रोलाई २५ लाख, र तेस्रो हुनेलाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । </p>