‘ए मेरो हजुर ३’मा समावेश ‘परान’ले बनायो नयाँ रेकर्ड (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रतिलक्षित चलचित्र ‘ए मेरो हजुर ३’ को दोश्रो ‘परान’ बोलको गीत गएको शुक्रबार युटुवमार्फत सार्वजनिक गरिएको थियो । उक्त गीतले दर्शकको सर्वाधिक माया पाउन सफल भएको छ । सार्वजनिक गरेको एक दिनमै अर्थात शनिबार यो समाचार तयार पार्दै गर्दा गीतलाई एघारलाख बढी दर्शकले हेरेका छन् । गीतले एक दिने म्युजमा नयाँ रेकर्ड बनाएको छ । यसअघि चलचित्र ‘शत्रुगते’को ‘रुपै मोहनी’ले एक दिनमा ८ लाख ४७ हजार युटुवमा भ्युज पाएको थियो, जुन नयाँ रेकर्ड बनेको थियो । तर यस गीतले थप भ्यूज प्राप्त गरी नेपाली सिने क्षेत्रमै एक दिने म्युजमा नयाँ रेकर्ड राख्न सफल भएको छ ।

आशिष अबिलर र अञ्जु पन्तको आवाज रहेको यस गीतमा आशिष अविरलकै संगीत र आनन्द अधिकारीको शब्द रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र सुहाना थापा फिचर्ड छन् । प्रविन सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोमा अनमोल र सुहानाको नृत्य देख्न सकिन्छ । सांगीतक प्रेमकथामा आधारित चलचित्रलाइ सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यस चलचित्रबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली चलचित्र क्षेत्रमा डेब्यू गराएका हुन् ।

चलचित्रमा अनमोल र सुहानाको अलवा  सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् । चलचित्रको प्रर्दशन मिती चैत्र २९ गतेलाई तोकिएको छ ।

song: