‘एसईई’ दिन पुगिन् करिश्मा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं । </span></pre><p>सदाबहार नायिका करिश्मा मानन्धर आइतबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन्। डिल्लीबजार काठमाडौं स्थित विद्यास्मारक केन्द्रबाट उनले परीक्षा दिन लागेकी हुन्। आज उनले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन् ।&nbsp;त्रिवेणी माविबाट कक्षा आठबाट नियमित अध्ययन गरिरहेकी मानन्धर एसीईईमा सहभागी भएकी हुन् ।&nbsp;</p><p>परीक्षा केन्द्रमा जानुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए । उनी निजी सवारीमा स्कूल ड्रेस लगाएर परीक्षामा सहभागी भएकी थिइन् । परिक्षा केन्द्रमा सञ्चारकर्मीको बाक्रलो उपस्थित थियो । त्यसैगरी उनलाई नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले फोन गरेर सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिए ।<br></p>