बिश्वका ५० शक्तिशाली महिलाको सूचीमा प्रियंका

मुम्बई , एजेन्सी ।

अमेरिकी गायक निक जोनास सँग बिवाह बन्धनमा बाँधिएर चर्चामा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा संसारका ५० शक्तिशाली महिलाको सूचिमा पर्न सफल भएकी छन्। मनोरञ्जन जगतका ५० शक्तिशाली महिलाको सूचिमा उनी परेकी हुन्। प्रियंकासँगै ओपरा विन्फ्रे तथा मेरिल स्ट्रिपका साथमा अन्य चर्चित महिला सेलेब्रेटीहरू पनि अटाएका छन्।

यस सम्बन्धमा प्रियंकाले सम्मानित महशुस गर्दै भनिन् 'म यी अद्भुत महिलाहरूसँगै यो मञ्च साझा गर्न पाउँदा सौभाग्यशाली महशुस गरिरहेकी छु जसले हर चुनौतीलाई पछाडी पार्दै आफ्नो खास स्थान बनाए र आफूले रोजेको पेसाको शीर्षस्थानमा उभिइरहेका छन्। यो एउटा उपलब्धि हो।'

उक्त सुची युएसए टुडेले सार्वजनिक गरेको हो। सन २००० मा मिस वर्ल्डको ताज पहिरिएपछि बलिउड प्रवेश गरेकी प्रियंकाले अमेरिकी टेलिभिजन ड्रामा श्रृखंला 'क्वान्टिको'मा काम गरेपछि आफ्नो परिचयलाई अन्तराष्ट्रिय स्तरमा समेत फैलाइन्। 'द हिरो: लभ स्टोरी अफ द स्पे' चलचित्रबाट बलिउडमा डेब्यू गरेकी उनले हलिउड चलचित्रमा पनि अभिनय गरेकी छिन्। उनको हलिउड प्रथम चलचित्र 'वेवाच' हो। ५० शक्तिशाली महिलाको सूचीमा गायिका बियोन्सो, टेलिभिजन स्टार एलेन डीजेनेरस, अस्कोर विजेता जेनिभर लरेन्स तथा अन्तराष्ट्रिय पकगायिका तथा अभिनेत्री जेनिफर लोपेजसमेत सामेल छन्।