तामिलनाडूकी जयललिताको बायोपिकमा महँगी कंगना

मुम्बई , एजेन्सी ।

बलिउडकी क्वीन कंगना रनावतले मार्च २३ मा ३२ औँ जन्मदिन मनाउदैँ गर्दा आफ्नो नयाँ चलचित्रको बारेमा जानकारी दिएकी थिइन्। उनी तामिलनाडूकी अभिनेत्री तथा राजनीतिज्ञ जयललिताको बायोपिकमा मुख्य भूमिका देखिनेछिन्। दुई भाषामा निर्माण हुने उक्त चलचित्रको हिन्दी भाषामा नाम ‘जया’ राखिएको छ भने तामिलमा ‘थलैवी’ राखिएको छ । चलचित्रको कथा दक्षिण भारतका चर्चित लेखक केभी विजेन्द्र प्रसादले लेखिरहेका छन् । यसअघि उनले ब्लकबस्टर हिट चलचित्र 'बाहुबली' त्यसैगरी 'भाग मिल्खा भाग', 'मनिकर्णिका' लगायतका चलचित्रमा पनि कलम चलाइसकेका छन् ।

बलिउडमा बिभिन्न कारणले बिवादमा आइरहने तातो रिस भएकी कंगना अभिनित चलचित्र भने हिट साबित हुने गरेको छ । चलचित्र 'ग्याङ्स्टार' बाट बलिउडमा डेब्यू गरेकी कंगनाले पहिलो चलचित्रबाटनै दर्शकको मन जित्न सफल भएकी थिइन् । दर्शकले उनको अभिनयलाई खुब रुचाएका थिए । उक्त चलचित्रमा उनले एक आमाको रोलसँगै एक आवारा गुन्डाकी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । 'ग्याङ्स्टार' बक्सअपिसमा हिट साबित भएको थियो । त्यसैगरी उनले अभिनय गरेको चलचित्र क्वीन, ‘तनु वेड्स मनु,रिटर्न्स’,ब्लकबस्टर हिट सफल भएसँगै बलिउड सिने क्षेत्रमा उनको डिमान्ड ह्वात्तै बढेको थियो । ‘तनु वेड्स मनु रिटर्न्स’ले डेढ अर्व बराबरको कमाई गरेको थियो।

त्यस्तै पछिल्लो प्रर्दशनमा आएको चलचित्र ‘मनिकर्णिका’ले १०० करोडको माथिको व्यापार गर्न सफल भएको थियो । उक्त चलचित्रमा उनको साहसी पात्रको अभिनयले दर्शकलाई मोहित बनाएसँगसँगै बलिउडका अन्य चलचित्रकर्मीहरुले पनि उनको तारिफ गरिरहेका छन् ।

हाल कंगना एक सर्वाधिक महँगी अभिनेत्रीके रुपमा चिनिन थालेकी छिन् । केही समय बलिउडकी सर्वाधिक महँगी अभिनेत्री थिइन् दिपिका पादुकोण । तर अहिले उनले पारिश्रमिकको केशमा दिपिकालाई जितेकी छिन् । दिपिकाले प्रति चलचित्रमा १२ करोड भारुसम्म लिने गर्छिन् भने कंगनाले एक बलिउड र तामिल भाषमा निर्माण हुने सिनेमाका लागी दिपिकाको भन्दा दोब्बर पारिश्रमिक लिएकी छिन् ।

कंगना हाल चलचित्र‘मेन्टल हे क्या’मा व्यस्त छिन् ।