‘ए मेरो हजर ३’को ट्रेलरले ब्रेक गर्यो ‘क्याप्टेन’को रेकर्ड

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

जब सुपरस्टार अनमोल केसी अभिनित चलचित्रको गीतसंगीत र ट्रेलर युट्युबमार्फत सार्वजनिक हुन्छ तब भ्यूजको बर्षात हुने गर्दछ । उनको चलचित्रको गीतसंगीत र ट्रेलरले युट्युबमा एक एक् गर्दै रेर्कड बनाउँदै आइरहेको छ । यसअघि उनकै चलचित्र 'क्याप्टेन'को ट्रेलरले युट्युबमा सार्वजनिक गरेको २४ घण्टामा ८ लाख १० हजार भ्यूअर्स बटुलेर रेकर्ड ब्रेक गरेको थियो । तर अहिले उनी अभिनत अर्को चलचित्र  ‘ए मेरो हजुर ३’को ट्रेलरले युट्युबमा सार्वजनिक भएको २४ घण्टामा रेकर्ड ब्रेक भ्युज पाएको छ ।  ट्रेलरलाई सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको २४ घण्टामा ८ लाख ११ हजार बढि भ्युज प्राप्त भएको छ।

केही दिन पहिले सार्वजनिक ‘ए मेरो हजुर ३’को दोश्रो ‘परान’ बोलको गीतले दर्शकको सर्वाधिक माया पाउन सफल थियो ।  सार्वजनिक गरेको एक दिनमै गीतलाई एघारलाख बढी दर्शकले हेरेका थिए । गीतले एक दिने म्युजमा नयाँ रेकर्ड बनाएको थियो ।  यसअघि चलचित्र ‘शत्रुगते’को ‘रुपै मोहनी’ले एक दिनमा ८ लाख ४७ हजार युटुवमा भ्युज पाएको थियो, जुन नयाँ रेकर्ड बनेको थियो । तर यस चलचित्रको गीतले थप भ्यूज प्राप्त गरी नेपाली सिने क्षेत्रमै एक दिने म्युजमा नयाँ रेकर्ड राख्न सफल भएको थियो।

यसैगरी  ‘ए मेरो हजुर ३’को ट्रेलरलाई अहिलेसम्म युट्युबमा ४९ हजार बराबर लाइक्स र ७ हजार ८ सय बढि कमेन्ट मिलेको छ । सांगीतक प्रेमकथामा आधारित चलचित्रमा अनमोल र सुहानाको अलवा  सलोन बस्नेत, अपर्ण थापा, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रक्षा गौतम रुपा घिसिङलगायतका कलाकारको पनि अभिनय रहेको छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका छन् भने सञ्जय लामाले खिचेका छन् । चलचित्रको प्रर्दशन मिती चैत्र २९ गतेलाई तोकिएको छ ।