तीन फिल्म देखाउँदै चलचित्र संघ

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाल चलचित्र संघले ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्ने भएको छ । यही चैत २१ गते बिहीवार क्यूएफएक्स कुमारीमा आलोक नेवाङ निर्देशीत चलचित्र ‘सानो संसार’, निश्चल बस्नेत निर्देशीत फिल्म ‘लुट’ र दीपाश्री निरौला निर्देशीत चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शन गरिने संघका अध्यक्ष प्रदीप कुमार उदयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘नेपाल चलचित्र संघले आफ्नो स्थापना कालदेखि नै नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, प्रबद्र्धन एवं सम्बद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाहा गर्दै आएको छ । यही परिप्रेक्षमा नेपाली चलचित्रको बजार प्रबद्र्धनका लागि राजधानीमा ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्न लागेका छौं ।’ विज्ञप्तीमा भनिएको छ ।

‘सानो संसार’ मा विनय श्रेष्ठ, नीर शाह, कर्मा शाक्य, जीवन लुईंटेललगायतका कलाकारहरुको अभिनय थियो भने ‘लुट’ मा दयाहाङ राई, ऋचा शर्मा, सौगात मल्ल, कर्मा शाक्यलगायतका कलाकारहरुको प्रमुख भूमिका थियो । यस्तै,चलचित्र ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाइँलगायतका कलाकारहरुको अभिनय छ । यी तीनै चलचित्र समिक्षकबाट राम्रो प्रतिक्रिया पाएका चलचित्र हुने ।