२२ हजार नेपाली प्रतिभाहरु ‘द भ्वाइस अफ नेपाल सिजन–२’मा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’मा २२ हजार नेपाली प्रतिभाहरुले आवेदन दिएका छन् । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिटल माध्यममार्फत् आवेदन आएको छ। पौडेलले यसपटक आवेदन दिनका लागी धेरै माध्यम खोलिएको कारण धेरैले सहभागिता जनाएको बताए । ‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आबेदन खुला गरेका थियौं सवै माध्यम खुला गरिएका कारण यो बर्ष उत्साहजनक सहभागीता देखिएको छ ।’ पौडेलले भने ।

प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टीमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने छ । छानिएका प्रतिभाहरुले कोचसामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन् । कोचहरुको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ ।

हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको थियो । यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्ने छ । ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा पनि थुप्रै प्रतिभाहरुको सहभागिता रहेको थियो ।