बिष्णु माझीको स्वरमा नयाँ लोकदोहोरी गित ‘नमेटिने तिम्रो नाम’ (भिडियो)

...

new song of bishnu majhiमंसिर ६, काठमाडौं । नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा छुट्टै छबि बनाएकी गायिका बिष्णु माझीको स्वरमा एक नयाँ लोक दोहोरी गित सार्वजनिक गरीएको छ । ‘नमेटिने तिम्रो माया’ बोलको लोकगितमा गायिका बिष्ण माझीको साथमा गायक रामजी खाँणको स्वर रहेको छ ।

पछिल्लो समय गायिका बिष्ण माझीको स्वरमा खासै गित बजारमा आएको पाइँदैन । बजारमा गित गाएर बढि पैसा लिने गायिकाको रुपमा चिनिएकी बिष्णुलाई जो कोहिले गित गाउन लगाउने आँट पनि  गर्दैनन् । अन्य गायिका भन्दा दोब्बर तेब्बर नै लिने बिष्णुका फाट्टफुट्ट मात्र गित आउने गरेका छन् । तर गायिका बिष्णु माझीको स्वरमा बजारमा आएका प्रायगितले चर्चा बटुल्ने गरेका छन् ।

केहिदिन अघिमात्र युट्युव मार्झत सार्वजनिक गरीएको बागिना डिजिटलको प्रस्तुती रहेको सो लोकगितलाई सहदेव कोइरालाले निर्देशन गरेका हुन् । भिडियोलाई बास बरालले छायांकन गरेका हुन् भने पवन सिंखडाले सम्पादन गरेका हुन् । जसमा लय कस्तुप पन्तको रहेको छ भने सुमन परियार र सृजना बस्नेतको अभिनय रहेको छ । १७ मिनेटको भिडियो उत्कृष्ट बनेको देख्न सकिन्छ ।