गायिका वाला २० बर्षदेखी कोठामै (भिडियो कुराकानी)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आजभन्दा २३ बर्ष अघि गायिका अन्जु पन्त र वाला भट्टराई सँगै गीत गाउँथे । वालाले अन्जुलाई सिकाउँथिन् । उनीहरु दुबैजनाले संघर्ष गर्दै थिए । गायिका वाला अलिक बढी भजन गीत गाउँन रुचाउँथिन् तर अन्जु ब्यवसायिक गीतहरु बढी गाउन थालिन् । बिस्तारै अन्जुले एक पछि अर्को गीत गाउन थालिन् र गीत हिट हुन थाले तर वालाको जीवनमा रुप दुख आइपर्यो ।&nbsp;<br></p><p style="text-align: justify; ">गायिका वाला अहिले पनि काठमाडौंको घरको कोठामै छिन् । उनलाई बाहिरको संसार के हो थाहा छैन । ठ्याक्कै १८ बर्ष पुरा भयो वाला घरबाट बाहिर ननिस्किएको । अचम्म लाग्नेकुरा त यो छ की उनी रातदिन कहिल्यै पनि सुत्दीनन् । उनी ३० बर्षदेखी सुतेकी छैनन् । भन्छिन्, ‘मलाई निद्रा भनेको थाहा नै छैन, कत्तिपटक बेहोस् हुने इन्गेक्छन् लगाइयो तर बेहोस् हुन्न ।’</p><p style="text-align: justify; ">उनी वाला ७८ बर्षकी आमा बिगत २० बर्षदेखी ओछ्यानमै छिन् । उनै आमाका लागी उनले गीतसंगीत मात्र हैन, पुरै जीवननै समर्पित गरेकी छिन् । वाला आँफैपनि ढाडको समस्याले ग्रसित छिन् । गीत गाउने धोको हुँदा हुँदै उनले गाउन पाएकी छैनिन् । यस्तै थुप्रै समस्याले बाधिएकी गायिका वाला भट्टराईसँग आर्टिष्ट खबर डटकमका लागी रंग पत्रकार गोपिकृष्ण चापागाईंले गरेको कुराकानी तलको भिडियोमा अवस्य हेर्नुहोला ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/qHt9bfmimqE" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>