बलिउडका विक्की कौशल घाइते, टाउकोमा १३ वटा टाका

...

<pre style="line-height: 1.42857; text-align: justify;"><b>मुम्बई (एजेन्सी) ।</b><br></pre><p style="text-align: justify; ">पछिल्लो समय 'उरी' जस्तो सुपरहिट चलचित्र दिएका बलिउड नायक विक्की कौशल घाइते भएका छन् । एक हरर चलचित्रको एक्शन दृश्यको छायांकनको क्रममा कौशल घाइते भएका हुन् । उनको टाउको माथि ढोका खसेको थियो । विक्कीको टाउकोमा १३ वटा टाका लगाइएको छ ।</p><p style="text-align: justify; ">भानु प्रताप सिंहको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रमा विक्कीको साथमा नायिका भूमी पेडनेकरको मुख्य भूमिका छ । यो चलचित्रको पहिलो सेड्यूलको छायांकन मुम्बइमा सकिएको छ । अहिले चलचित्रको छायांकन गुजरातमा भैरहेको छ । विक्कीको ब्यस्तता चलचित्र ‘सञ्जु र उरी’को सफलतापछि अझ बढको छ ।</p>