‘बीर विक्रम २’ पोस्टरमा पल र नाजिरसँग वर्षाको रोमान्टिक अवतार

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

निर्दैशक मिलन चाम्स निर्देशित चलचित्र ‘विर विक्रम २’को अफिसियल ६ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकार अभिनेता पल शाह, नाजीर हुसेन अभिनेत्री वर्षा सिवाकोटी र बुद्धि तामाङलाई स्थान दिइएको छ। ६ पोस्टरमध्ये दुईमा पल र नाजिरसँग वर्षाको रोमान्टिक अवतार देख्न सकिन्छ। चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको छ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण गरिएको चलचित्रमा अर्पण सापकोटा सह निर्माता रहेका छन् । चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

यस अघि सार्वजनिक गरिएको ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन र ‘वाचा’ बोलको गीतले राम्रो चर्चा पाएसँगै निर्माण टिमले पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रको प्रर्दशन मिति जेठ ३ गतेलाई तोकिएको छ ।