‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

बिहीबारबाट शनिबार (२७ अप्रिल) सम्म भारतको पुनामा आयोजना भइरहेको मोडलहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल सहभागी भएका छन्। नेपाली मोडलहरु बुधबार साँझ भारत प्रस्थान गरेका हुन्। प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल ( मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल)का सहभागी छन्।

नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसिया भरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने कार्यक्रममा हरेक देशबाट सहभागी मध्य एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ। यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुष मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा सहभागी हुनेछन्। प्रतियोगितामा सहभागीले नेपाली कला संस्कृति झल्कने पहिरन, भेषभुसा लगायत बिभिन्न पक्ष प्रस्तुत गरेर नेपाललाई बिश्वमा अझ राम्रोसँग चिनाउने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए।