‘कालो वर्ष’ सँगै ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा, कुन हेर्ने ?

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आज शुक्रबार अर्थात बैशाख १३ गतेबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्। लक्षु गौतमको निर्देशन रहेको चलचित्र ‘कालो वर्ष’ र दीपाश्री निरौलाले निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ । यि दुई चलचित्र आजबाट एकसाथ देशभरका हलहरुमा प्रदर्शनमा आएका छन्। ‘छक्का पञ्जा २’ भने केही सिनहरु परिवर्तन गरेर पुनः प्रदर्शनमा आएको हो।

'कालो वर्ष' २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले क्षति पुर्‍याएको एउटा पिडित परिवारको कथामा आधारित छ। योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का,पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रमुख्य भूमिका हेको छ। योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा चलचित्र निर्माण भएको हो । चलचित्रमा सुवास देवकोटाको सम्पादन रहेको छ।

त्यसैगरी  पुनः प्रदर्शनमा आएको अर्को चलचित्र ‘छक्का पञ्जा २’मा दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, वर्षा राउत, प्रियंका कार्की, केदार घिमिरे, स्वस्तिमा खड्कालगायतको अभिनय रहेको छ। चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्रले व्यापार गरेको ५० प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन् । तर टिमले सोचे जस्तो ‘छक्का पञ्जा २’ले मल्टीप्लेक्सहरुमा उच्च शोज पाएन । दुबै चलचित्र सिंगल स्क्रिनमा मात्र प्रर्दशन भएका छन् ।

दुबै चलचित्रले मल्टीप्लेक्समा एक शोज पनि नपाउनुको कारण हलिउड ठूलो चलचित्र ‘एभेन्जर्स – इन्ड गेम’ प्रर्दशनमा आएको कारण हो । यही हलिउड चलचित्रका कारण नेपाली चलचित्र ‘दाल भात तरकारी’ एक हप्ता पछि सरेको हो। मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको ‘दाल भात तरकारी’ बैशाख १३ बाट सरेर बैशाख २० गते पुगेको हो।