किन ‘दबंग ३’ सँग ‘ब्रह्मास्त्र’ नभिड्ने ?

मुम्बई , एजेन्सी ।

हाल बलिउडका चर्चित प्रेमजोडी रणवीर कपूर र आलिया भट्ट अभिनित चलचित्र 'ब्रह्मास्त्र' यस बर्षको क्रिसमसमा प्रर्दशन नहुने भएको छ। यही बर्ष २०१९ को क्रिसमसको छेउछाउमा 'ब्रह्मास्त्र' र सुपरस्टार सलमान खानको 'दबंग ३' एकसाथ प्रर्दशनमा आउने बताइएको थियो। तर 'ब्रह्मास्त्र'का निर्देशक अयान मुखर्जीले 'दबंग '३ सँग 'ब्रह्मास्त्र'लाई भिड्नबाट रोकेका छन् । अर्थात यस वर्ष डिसेम्बर २०मा 'ब्रह्मास्त्र' प्रदर्शनमा आउने छैन। तर 'दबंग '३ डिसेम्बर २० मै सार्वजनिक प्रर्दशनमा आउने छ ।

केही समयअघि सम्म अभिनेता रणवीर कपूर र सलमान खानबीच खटपट भएको समाचार बाहिरीने गर्दथ्यो । उनीहरुबीच हुने खटपटको कारण थिइन् अभिनेत्री कैटरीना कैफ। सलमानसँग रिलेसनको चर्चा हुदैँ गर्दा कैफ रणवीरको प्रेममा रमाउन पुगेकी थिइन् । त्यतीबेला देखिनै सलमान र रणवीरको सम्बन्ध चिसिएको हो। २०१९ को  क्रिसमसमा यि दुइका चलचित्र भिड्ने खबरले यि दूबैका फ्यानलाई उत्सुक्त बनाएको थियो । तर 'ब्रह्मास्त्र' का लेखक तथा निर्देशक अयान मुखर्जीले चलचित्रमा भिएफएक्स राम्रो बनाउनका लागि केही समय लाग्ने भएकाले चलचित्र प्रर्दशनीमा ढिला हुने आफ्नो इन्स्टाग्राम पोस्टमार्फत बताएका छन् ।

निर्देशक अयानले लेखेका छन्। 'हामी क्रिसमस २०१९ मा चलचित्र लिएर आउन नसक्ने भएका छौं। भिएफएक्समा पर्याप्य समय दिनुपर्ने भएकाले यो बर्ष चलचित्र प्रर्दशन गर्न भ्याएनौँ। हामीले चलचित्र २०२० को गर्मीसम्मलाई रोकेका छौं। हामी चलचित्रको नयाँ प्रर्दशन मिति चाँडैनै सार्वजनिक गर्नेछौँ।' चलचित्रमा रणवीर कपूर र आलिया भट्टसँगै अमिताभ बच्चन, मौनी रोय र डिम्पल कपाडियाको पनि भूमिका रहेको छ। चलचित्रका निर्माता करण जोहर हुन्।