सुनिताको गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायिका सुनिता कार्कीको एकल गीतिसङ्ग्रह ‘सुनमाला’ लिएर आएकी छिन् विएफबिएस गोरखा रेडियोमा प्रत्यक्ष प्रसारण गर्दै गीतिसङ्ग्रह ‘सुनमाला’ सार्वजनिक गरिएको हो। गीतिसङ्ग्रहलाई सङ्गीतकार सुरेश अधिकारी, वरिष्ठ पत्रकार सुमन खरेल, एनटिभी पल्सका प्रमूख मनोहरी थापा र गायिका कार्कीकी आमा तारा कार्की, चन्द्रकला भट्टराई, सञ्चारकर्मी सुभाष प्रधान र गीतकार तथा सञ्चारकर्मी तुलसी वस्नेतले संयुक्त रुपमा विमोचन गरेका थिए । म्युजिक नेपालको प्रस्तुति रहेको गीतिसङ्ग्रहमा समावेश गीतहरुमा शब्द र सङ्गीत चर्चित सङ्गीतकार सुरेश अधिकारीले दिएका छन्।

सार्वजनिक कार्यक्रममा गायिका कार्कीले एल्बममा समावेस सबै गीतहरु प्रस्तुत गरेकी थिइन। गीतिसङ्ग्रह ‘सुनमाला’मा ‘दुनियामा’, ‘शितल हिमाली हावा’ ‘साथी नै चाहिँदा’, ‘शिर शिर सिरीरी’लगायत पाँच वटा गीतहरु समावेश गरिएको छ। एल्वममा रहेका गीतहरु मध्ये दुनियामा बोलको गीतमा भने शब्द विद्या घिमिरेले दिएका छन्।

रेडियो नेपालबाट हुने स्वर परीक्षा उतीर्ण गरेपछि यस क्षेत्रमा होमीएकी सुनिताले ललितकला क्याम्पस र श्री सङ्गीत पाठशालामा साङ्गीतिक ज्ञान हासिल गरेकी छन् । जोयस पाण्डेले निर्देशन गरेको गीतको भिडियोमा लक्ष्मि, दृश्य, रोशनी र जोयसलाई देख्न सकिन्छ । विशाल प्रजापतिले छायाँकन गरेको गीतको भिडियो उज्जल ढकालले सम्पादन गरेका हुन्।