आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र ‘हेलो जिन्दगी’को छायांकनका लागी एक महिना तालिका लिएर लण्डन पुगेकी नायिका तथा निर्मात्री श्वेता खड्का अस्पताल भनाई भएकी छिन् । गर्दनमा ट्यूमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ। श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन्। ‘मेरो दोस्रो जीवन’ शीर्षकमा श्वेताले भावुक स्टाटस लेखेकी छिन्, ‘जीवनले मसँग अर्को खेल खेलेको छ । जीवन धेरै अनिश्चित छ । यो सत्य हो। तपाइँलाई कहिल्यै थाहा हुँदैन के हुन सक्छ र तपाईंको योजनाहरू र आशाहरू केवल सेकेण्डमा एक अंश भित्र विनाश हुन सक्छ,’ उनले लेखेकी छिन्, ‘म अत्यन्तदु खी छु कि म, मेरो नयाँ भेन्चरमा काम गर्न सक्दिनँ ।’

‘अर्को चलचित्रमा काम गर्ने मेरो उत्साह मेरो स्वास्थ्य अवस्थाको कारण अर्को पटक बर्बाद भयो’, उनले लेखेकी छिन् । दिल्लीमा डा. सुवेन्द्र कुमार दब्बाले रोबोट सर्जरी गरेको र नेपालका डा. पंकजले सबै व्यवस्था गरेपछि आफ्नो शल्यक्रिया सफल भएको जानकारी उनले दिएकी छिन् ।