आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र ‘बीर बिक्रम २’का निर्देशक मिलन चाम्सले चलचित्रका हरेक इभेनटमा नौलोपन अपनाएका छन् । उनले चलचित्रको ‘बीर बिक्रम’को प्रिमियर ब्यान्ड बाजा बजाएर सम्पन्न गरेका थिए । त्यसैगरी ‘बीर बिक्रम २’ प्रिमियरमा पनि उनले नयाँ शैली अपनाउने भएका छन् । चाम्सले ‘बीर बिक्रम २’को प्रिमियर पर्पल कार्पेटमा गर्ने भएका छन् । प्रिमियर कुमारी हलमा जेठ १ गते भव्य रुपमा हुनेछ ।

चाम्सका अनुसार प्रिमियरमा कलाकारहरुदेखि प्राविधिकहरुलाई सम्मान प्रदान गरिनेछ । सम्मानकैलागि उनले पर्पल कार्पेट प्रिमियर आयोजना गर्न लागेको जानकारी दिए। मिलन चाम्स 'पर्पल' सम्मानको प्रतिक भनि बिश्वास गर्छन् । पर्पल कार्पेटले कलाकार र प्राविधिकबीच आत्मियता, एकअर्काको मानसम्मान बढाउने विश्वास गर्दै उनले पर्पल कार्पेट प्रिमियर आयोजना गर्न लागेका हुन् ।

जेठ ३ मा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मुख्य भूमिकामा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, वर्षा सिवाकोटी रहेका छन् भने चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण गरिएको चलचित्रमा अर्पण सापकोटा सह निर्माता रहेका छन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

१८ बैशाख २०७६, बुधबार ०३:२१