<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">महानायक राजेश हमालले सञ्चालन गर्दै आएको एपि वान टेलिभिजनबाट प्रसारित कार्यक्रम 'को बन्छ करोडपति'मा 'सिधा कुरा जनता सम्म' नामक कार्यक्रम सञ्चालन गर्दै आएका चर्चित सञ्चारकर्मी रवि लामिछाने सहभागी भएका छन् । संसार जितेर आफू अगाडी बढ्न खोज्ने र जनतालाई न्याय दिलाउन जस्तोसुकै परिस्थितीमा खडा हुने लामिछाने को बन्छ करोडपतिको हट सिटमा बस्दा आफू हल्का नर्भस भएको बताउँछन् । सुरुसुरुमा नर्भस भएपनि पछि यो एउटा गेम हो, लाइफमा अलिकति त रिक्स लिनैपर्छि भनी उनले सहजता अपनाएर यस गेमलाई सम्पन्न गरेको उनले त्यहाँ उपस्थित मिडियालाई बताएका छन् । राष्कोट अस्पताल निर्माण सहयोगार्थको लागि आफू कार्यक्रममा सहभागी भएको उनले आफैले बताएका छन् । यसअर्थमा उनले धेरै भन्दा धेरै रकम जितेका छन् भन्ने विश्वास गर्न सकिन्छ । </p><p style="text-align: justify; ">ब्रिटेनको चर्चित टेलिभिजन रियालटी शो ‘हुँ वान्ट्स टु वि अ मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’मा धेरै चर्चित कलाकारहरु सहभागी भईसकेका छन् । केही समयअघि अन्तर्राष्ट्रिय गौतम बुद्ध रंगशाला निर्माण सहयोगार्थ भद्रगोल टिम पनि सहभागी भइसकेको छ। यसअघिको सेलिब्रटी बिषेश एपिसोडमा अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता आयुष्मान देशराज जोशी कार्यक्रममा सहभागी भएका थिए । तर उनीहरुको खेल त्यती राम्रो भएन। आफूलाई प्रश्नको उत्तर थाहा नभएको खण्डमा पनि उनीहरुले लाइफलाइन प्रयोग नगरेर ओभर कन्फिडेन्सका कारण कार्यक्रमबाट मात्र दश हजार रुपैया जितेर जानुपर्यो। प्राय सबै अडियन्सले उक्त एपिसोड प्रति नकारात्मक प्रतिक्रिया जनाएका छन् । </p>