वरिष्ठेले सिरिज ल्याउँदै

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

वरिष्ठको उपनामबाट दर्शक माझ चिनिएका हाँस्य कलाकार शंकर आचार्यले नयाँ युट्युव सिरिज ल्याउने भएका छन् । चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’मार्फत वरिष्ठ उपनामबाट चिनिएका शंकरले त्यसै नामलाई नै सिरिजको शीर्षक दिएका छन् । भद्रगोलमा ‘हजुर वरिष्ठ हस्त नमस्ते’ थेगोबाट लोकप्रिय बनेका शंकरले यहि बैशाख को अन्तिम साताबाट ‘हजुर वरिष्ठ हस्त नमस्ते’ नामकै सिरिज सुरुवाता गर्न लागेको जानकारी दिए । ‘दर्शकले वरिष्ठेको नामबाटै अहिलेसम्म चिन्दै आउनेभएको छ। भद्रगोलबाट बाहिरिएपछि धेरै दर्शकको चाहाना अनुरुप मैले यो सिरिज ल्याउने निर्णय गरेको हुँ । अहिले सुटिङमा छौं यहि महिनाको अन्तिममा आउने तयारीमा छौं’ शंकरले भने। उनले थुप्रै चलचित्रका काम गरिसकेका छन् तर पछिल्लो केहि समय भद्रगोलमा लगातार काम गर्न थालेपछि वरिष्ठेको नामबाट बढी चर्चामा आएका थिए । उनले भद्रगोलमा अभिनयसँगै निर्देशन पनि गर्दै आएका थिए।

आफ्नो वरिष्ठे इन्टरनेन्मेन्टको अफिसियल युट्युव च्यानलमार्फत हप्तैपिच्छे सिरिज आउने जानकारी दिए । सिरिजमा आफ्नो मुख्य भूमिका रहेको पनि खुलाए । साथै नेपाल आइडलबाट चर्चामा आएका झक्कड थापा, मोफसलमा ‘मित्रे बा’ उपनामबाट लोकप्रिय बनेका हाँस्य कलाकार नवराज अधिकारी, शुशिला थापा (उर्बसी), यज्ञ बहादुर कटुवाल (चुप्पी डन) गितान्जली सुवेदी, अंकित भट्टराई लगायतको अभिनय रहने जानकारी दिए । शंकरका अनुसार तीन भागसम्म सिरिज छायांकन भइसकेको छ । सिरिजको काठमाडौंकै मुड्खु भन्ज्यांगमा छायांकन भइरहेको छ । सरिजका लेखक, निर्देशक तथा निर्माता शंकर आँफै हुन् भने सह–निर्देशकमा ललित बिष्ट रहेका छन् ।

-हिमालय टाइम्स