राजधानीमा ‘वीर विक्रम २’को आक्रमक प्रचार

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘वीर विक्रम २’ले यतिबेला आक्रमक प्रचार प्रसार गरिरहेको छ । टिमले काठमाडौंको बिजीमल स्थित हजारौं दर्शकमाझ चलचित्रको प्रचार गरेको छ । केही दिन अघि मात्रै  टिमले चितवन, पोखरा लगायत अन्य ठाउँमा भव्य कन्सर्टको आयोजना चलचित्रको प्रचार गर्दै आएका थिए ।

काठमाडौंमा गरिएको प्रचार कार्यक्रममा चलचित्रका मुख्य कलाकार वर्षा सिवाकोटी, नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, संगीतकार तारा प्रकाश लिम्बु र निर्देशक मिलन चाम्सको समेत उपस्थीती रहेको थियो । उनीहरुले त्यहाँ उपस्थित दर्शकहरुलाई  ‘वीर विक्रम २’ एकदम राम्रो बनेको बताउँदै चलचित्र हेर्न आग्रह गरिरहेका थिए । कलाकारहरुले चलचित्रमा समावेश आफ्नो केही सवांद भन्दै दर्शकलाई मनोरञ्जन दिइरहेका थिए । त्यसैगरी ताराप्रकाश लिम्बुले उनले गाएको गीत ‘पिरतीको मिठो तिर्सना’ गाएर दर्शकलाई झुलाइरहेका थिए ।

जेठ ३ मा सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा मुख्य भूमिकामा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ, वर्षा सिवाकोटी रहेका छन् भने चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितीज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ। चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण गरिएको चलचित्रमा अर्पण सापकोटा सहनिर्माता रहेका छन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। यो चलचित्र अजरबैजानको रमणीय लोकेशनमा खिचिएको छ ।