वरिष्ठ लोक गायक एलपी जोशी र साहित्यकार शंकर चापागाँई पुरस्कृत

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

मोरङको पथरी शनिश्चरेस्थित वरिष्ठ लोक गायक एलपी जोशी र साहित्यकार शंकर चापागाँई (धनकुटे कान्छा) लाई पुरस्कृत गरिएको छ। एक आयोजित कार्यक्रमकाबीच सीएम कन्दङ्वा कोष प्रतिभाले दुवैलाई पुरस्कृत गरेको हो। सीएम कन्दाङ्वा राष्ट्रिय युवा प्रतिभा पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जोशीलाई ५० हजार रुपैयाँको विशिष्ट राष्ट्रिय प्रतिभा पुरस्कार र साहित्यकार धनकुटे कान्छालाई ३५ हजार रुपैयाँसहित प्रदान गरेका थिए। १९८५ चैत २९ गते भारतको दार्जिलिङमा जन्मिएका सीएमको २०६२ फागुन २५ गते पथरीशनिश्चरेमा निधन भएको थियो। सीएमका ४ कृतिहरु प्रकाशित छन्।

पुरस्कार साहित्यकार एवं एभरेष्ट उच्च माविका संस्थापक सीएम कन्दङ्वाको नाममा स्थापना गरिएको हो। २०४३ सालमा पथरीशनिश्चरेमा पहिलो संस्थागत विद्यालय एभरेष्ट उच्च माविको स्थापना गरेका सीएमको जन्मजयन्तीको अवसरमा प्रत्येक वर्ष पुस्कार प्रदान गर्ने गरिएको छ। पुरस्कार विशेष गरेर प्रदेश १ मा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, खेलकुद, पत्रकारिता र समाजसेवामा योगदान पुर्‍याउँदै आएका दुई जनालाई प्रदान गरिने बताइएको छ।