मुम्बई , एजेन्सी ।

चीनमा गएको शुक्रबारबाट बलिउड चलचित्र ‘मम्’ प्रदर्शनमा आएको छ। गत बर्ष निधन भएकी बलिउड अभिनेत्री श्रीदेवीको मुख्य भूमिका रहेको अन्तिम चलचित्रले चीनको बक्सअफिसमा बम्पर ओपनिक गरेको छ । यो चलचित्र भारतमा २०१७-जुलाई ७ मा प्रर्दशनमा आएको थियो । केही दिन अघि चीनमा प्रर्दशनमा आएको आयुषमान खुराना अभिनित चलचित्र 'अन्धाधुन'ले पनि चीनको बक्सअफिसमा शानदार सुरुवात गरेको थियो।

'मम्'ले पहिलो दिन चीनमा आयुषमान खुरानाको 'अन्धाधुन'को रेकर्ड तोडेको छ। चीनमा 'अन्धाधुन'ले पहिलो दिन भारतीय रुपैयाँ सात करोड ३३ लाख बराबरको व्यापार गरेको थियो भने ‘मम्’ले करिब ११ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।

यस चलचित्रले आकर्षक कमाई गरेपछि बलिउड ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै लेखेका छन् 'अन्धाधुन'को भन्दा ‘मम’को ओपनिङ राम्रो छ।' उनले चलचित्रको पहिलो कमाई समेत ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

शुक्रबारबाट मात्रै प्रर्दशनमा आएको यस चलचित्रले एकदिनमै चिनियाँ बक्सअपिसमा ११ करोड ४७ लाख भारतीय रुपैयाँ बराबरको कमाई गरेको छ। चलचित्रमा स्व: श्रीदेवीका साथै जवाजुद्दीन सिद्दिकी, अक्षय खन्ना र अदनान सिद्दीकी लगायतको मुख्य भूमिका रहेको छ। चलचित्र रवि उदयावरले निर्देशन गरेका हुन् ।